• शनिबार, ७ कात्तिक २०८३
  • images

    अमेरिकाले बालबालिकालाई लगाउन मिल्ने ८४ लाख मात्रा कोरोना खोप नि:शुल्क उपलब्ध गराउने  

    अमेरिकाले बालबालिकालाई लगाउन मिल्ने ८४ लाख मात्रा कोरोना खोप नि:शुल्क उपलब्ध गराउने  

    हेल्दीखबर
    शुक्रबार, जेठ १३ २०७९
    हेल्दीखबर
    शुक्रबार, जेठ १३ २०७९
    अमेरिकाले बालबालिकालाई लगाउन मिल्ने ८४ लाख मात्रा कोरोना खोप नि:शुल्क उपलब्ध गराउने  

    काठमाडौँ । नेपालका पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लगाउने भनिएको कोभिडविरुद्धको खोप आउने भएको छ। कोभ्याक्स मार्फत अमेरिकी सरकारले बालबालिकालाई दिन मिल्ने ८४ लाख फाइजर खोप उपलव्ध गराउने भएको हो ।स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले अमेरिकी सरकारले नेपाली बालबालिकालाई निशुल्क खोप उपलव्ध गराउने प्रतिवद्धता गरेको बताउनुभयो । चौरसियाका अनुसार नेपालको भण्डारण क्षमता मिलाएर चरणवद्ध रुपमा बालबालिकालाई लगाउन मिल्ने  खोप प्राप्त हुने भन्दै  असार भित्रै बालबालिकाहरुलाई पहिलो डोज खोप लगाउन सुरु गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार तत्काल पहिलो पटक  खोप आउने छ। 
    ‘फाइजर खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ।   हामीसंग अहिले १५ -२० लाख डोज मात्रै भण्डारण गर्न सक्ने क्षमता छ । सरकारले यसअघि १२ वर्ष माथिका सबैलाई कोभिडविरुद्धको खोप दिदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार