• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नर्सिङ लाइसेन्सका लागि जेठ १३ देखि फाराम भर्नुपर्ने

    नर्सिङ लाइसेन्सका लागि जेठ १३ देखि फाराम भर्नुपर्ने

    हेल्दीखबर
    मंगलबार, जेठ १० २०७९
    हेल्दीखबर
    मंगलबार, जेठ १० २०७९
    नर्सिङ लाइसेन्सका लागि जेठ १३ देखि फाराम भर्नुपर्ने

     काठमाडौं । नेपाल नर्सिङ परिषदले लाइसेन्स परीक्षाका लागि आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम भर्न समय तोकेको छ । आगामी २५ असारमा नर्स तथा मिडवाइफको  लाइसेन्स परीक्षा हुँदैछ। ११ असारसम्म पनि फारम भर्ना छुट भए १२ असार देखि १८ असारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने परिषदले जनाएको छ । परीक्षाका लागि नर्सलाई ३ हजार १०० रुपैयाँ र मिडवाइफलाई ४ हजार १०० शुल्क तोकिएको छ । दोब्बर दस्तुरमा भने क्रमश ६ हजार १०० र ८ हजार १०० रुपैयाँ तिरेर फारम भर्न सकिने जनाएको छ । परिषदले इ सेवामार्फत बुझाउन सकिने समेत जानकारी दिएको छ ।
    परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै मिडवाइफका लागि व्याचलर इन मिडवाईफ साइन्स (बीएमएस) पास गरेको हुनुपर्ने भनिएको छ ।

     

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार