• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    नगरपालिकाले वर्षमा एकजना डाक्टर पढाउने, पाँच वर्ष गाउँपालिकामै सेवा दिनुपर्ने

    नगरपालिकाले वर्षमा एकजना डाक्टर पढाउने, पाँच वर्ष गाउँपालिकामै सेवा दिनुपर्ने

    हेल्दीखबर
    सोमबार, जेठ ९ २०७९
    हेल्दीखबर
    सोमबार, जेठ ९ २०७९
    नगरपालिकाले वर्षमा एकजना डाक्टर पढाउने, पाँच वर्ष गाउँपालिकामै सेवा दिनुपर्ने


    सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई चिकित्सकलाई पढाउने भएको छ। नगरपालिकाले पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनालाई छात्रवृत्तिमार्फत चिकित्सक पढाउने निर्णय गरेको हो। नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा स्थानीय वासिन्दाले उपचार नपाएको भन्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गर्नुभएको हो । 
    चिकित्सक अभाबको दीर्घकालीन समाधानका लागि स्थानीयलाई छात्रवृत्ति दिएर डाक्टर पढाउने निर्णय गरेको हो । 

    कार्यविधि बनाएर चिकित्सकलाई पढाउन लागिएको हो । नगरपालिकाको छात्रवृत्तिमार्फत अध्ययन गरेका डाक्टरले कम्तिमा पाँच वर्ष नगरपालिकाभित्रैको स्वास्थ्य संस्थामा रहेर स्वास्थ्य सेवा दिनुपर्ने कार्यविधि बनाउन लागिएको छ ।  नगरपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार