• सोमबार, १५ भदौ २०८३
  • images

    राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश जारी

    राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश जारी

    स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी थुनामा राख्न सकिने 

    हेल्दीखबर
    आइतबार, वैशाख २५ २०७९
    हेल्दीखबर
    आइतबार, वैशाख २५ २०७९
    राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश जारी

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार स्वास्थ्य सम्वन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ।
    राष्ट्रपति भण्डारीले आइतबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्नुभएको हो।

    यी दुबै अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ। राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएपछि स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी पुर्पक्षमा राख्न बाटो खुला भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार