मेडिकल अफिसरको एकलाख
काठमाडौ । नीजि अस्पतालका लागि विशेषज्ञ चिकित्सक सहित मेडिकल अफिसरको माग भएको छ ।
अस्पतालको सूचना अनुसार ईशान मेमोरियल अस्पताल बेलौरी कञ्चनपुरले चारजना विशेषज्ञ र एकजना मेडिकल अफिसर गरी पाँचजना चिकित्सकको माग गरेको हो ।
सूचना अनुसार १५ दिन भित्र दरखास्त दिन सकिने छ । अस्पतालको इमेल ishanmemorialaspatal@gmail.com मा पनि आवस्यक कागजात पेश गर्न सकिने छ । इन्टरनल मेडिसिन डाक्टर एकजना,बालरोग विशेषज्ञ एकजना,एमजिडीपी डाक्टर एकजना,गाइनोकोलोजिष्ट डाक्टर एकजना आवस्यक रहेको अस्पतालले जानकारी दिएको छ । ती पदका चिकित्सकको तलब दुईलाख ५० हजार हुनेछ ।
यस्तै मेडिकल अफिसरको तलब एकलाख हुने अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । परीक्षा अन्र्तवार्ता मात्र हुने छ । सोधपुछको लागि ०९९५८००५३ र ०९९५८०००१ मा सम्पर्क गर्न सकिनेछ ।
हेरौंसूचनाः
