• सोमबार, १५ भदौ २०८३
  • images

    बालबालिकालाई आज र भाेली भिटामिन 'ए' खुवाइँदै

    बालबालिकालाई आज र भाेली भिटामिन 'ए' खुवाइँदै

    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    बालबालिकालाई आज र भाेली भिटामिन 'ए' खुवाइँदै

    काठमाडौं । मंगलबार र बुधबार  देशभरका ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइँदै छ । 
    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए' ' क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिनुभयो । उहाँले   ६ देखि २३ महिनासम्मका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा दिइने बताउनुभयो । 
    बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन 'ए' क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण कार्यक्रम हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार