काठमाडौ । भक्तपुरस्थित बुद्धत्व बहुउद्देस्यीय सहकारी संस्थाले भक्तपुर चागुनारायण नगरपालिका स्थित सरस्वती मा बि मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
सहकारीले भोली शनिबार (१९ गते) निःशुल्क वृहत स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गर्ने भएको हो ।
सहकारी संस्थाका अनुसार शिविरमा सामान्य चिकित्सा सेवा,बालरोग विशेषज्ञ सेवा र स्त्री तथा प्रसूति सेवा दिइनेछ ।
यस्तै युएसजी, इसिजी मधुमेह ,युरिक एसिड र कोलस्ट्रोल सम्बन्धि परीक्षण हुने आयोजकले जानकारी दिएको छ ।
