• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गते हुने, ३४ हजार विद्यार्थी सहभागी हुँदै

    चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गते हुने, ३४ हजार विद्यार्थी सहभागी हुँदै

    १११ परीक्षा केन्द्र हुने

    हेल्दीखबर
    बुधबार, चैत १६ २०७८
    हेल्दीखबर
    बुधबार, चैत १६ २०७८
    चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गते हुने, ३४ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौ । चिकित्सा शिक्षा आयोगको चैत १८ देखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा गर्ने भएको छ । 
    आयोगले चैत १८ , २० र २१ गते हुने स्नातक तहको एकीकृत प्रवेश परीक्षामा  ३४ हजार ६६५ परीक्षार्थीहरू सहभागी हुने जानकारी दिएको छ । 
    आयोगको सूचना अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुनेछन् । आयोगका अनुसार काठमाडौं उपत्यकामा मात्र संचालन हुने परीक्षामा १११ परीक्षा  केन्द्र निर्धारण गरिएको छ। आयोगले परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग गर्न सबैमा अनुरोध गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार