• बिहीबार , ५ कात्तिक २०८३
  • images

    अस्पतालको भवनमा करोडौंको अनियमिता

    अस्पतालको भवनमा करोडौंको अनियमिता

    सिइओ घिमिरेको राजिनामा

    हेल्दीखबर
    सोमबार, चैत १४ २०७८
    हेल्दीखबर
    सोमबार, चैत १४ २०७८
    अस्पतालको भवनमा करोडौंको अनियमिता

    लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका अनियमिता भएको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिनुभएको छ ।

    उक्त ठेक्कामा मिलेमतोमा भएको पुष्टि भएको भन्दै उहाँले राजिनामा दिनुभएको हो । बोलपत्र दर्ता गर्ने कम्पनीलाई ‘हार्ड कपी’ दर्ता गर्न ३ दिनको समय दिएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएकोले मिलेमतोको आशंका पुष्टि भएको उहाँको भनाई छ।

    images

    सोमबार विज्ञप्ति जारी गर्दै घिमिरेले ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु नपर्ने निर्णयसहित अस्पताल भवनको ठेक्का रद्द गरेको छु ,विज्ञप्तीमा भनिएको छ,“मैले गम्भीर भएर सोचें, ७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा १५० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानेंर राजिनामा दिएको छु ।”

    प्रतिक्रिया दिनुहोस
    थप समाचार