नयाँ वर्षदेखि ल्याब र एक्सरे सेवा सुरु गरिने
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै नमुना अस्पताल बनाउने बताउनुभयो । अस्पताल नबनेसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गरिने छ।
वीर अस्पतालका लागि प्रस्तावित जग्गा निरिक्षण गरि स्वास्थ्यमन्त्री खतिवडाले आगामी बैशाख १ गतेबाट स्थानीयको माग बमोजिम सो सुविधा सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको हो। कार्यक्रममा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफूहरु सेवा दिन तत्पर रहेको बताउनुभयो।उहाँले बैशाख १ गतेबाट दुवाकोटमा ल्याब, एक्सरे सेवा सुरु गर्दै त्यो ठाउँमा पायक पर्नेलाई सेवा दिइने जानकारी दिनुभयो ।