• सोमबार, १५ भदौ २०८३
  • images

    प्रधानमन्त्रीलाई विज्ञहरुको सुझावः स्वास्थ्यमन्त्री योग्य र कोरोना नियन्त्रण गर्न सक्ने बनाउनुस्

    प्रधानमन्त्रीलाई विज्ञहरुको सुझावः स्वास्थ्यमन्त्री योग्य र कोरोना नियन्त्रण गर्न सक्ने बनाउनुस्

    बुधबार, साउन ६ २०७८
    बुधबार, साउन ६ २०७८
    प्रधानमन्त्रीलाई विज्ञहरुको सुझावः स्वास्थ्यमन्त्री योग्य र कोरोना नियन्त्रण गर्न सक्ने बनाउनुस्


    काठमाडौँ, ६ साउन । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र  तेस्रो लहरको तयारी रोक्नका लागि सरकारलाई १८ बुंदे सुझाव दिएको छ । योग्यता, क्षमता, सत्यनिष्ठा र इमान्दारिता को छवि भएका त्यस्तो व्यक्तिलाई स्वास्थ्य मन्त्री तत्काल नियुक्त गर्नुहोस् जसले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीहरु सबैको सुझाव सल्लाहलाई सम्मान र ग्रहण गर्न सकोस् । सबै प्रकारको सरसहयोग दिदै स्वास्थ्य मन्त्रीलाई जवाफदेही बनाइ राख्नुहोस् तर क्याबिनेट फेरबदल हुँदा पनि वर्तमान सरकारको कार्यकालमा स्वास्थ्य मन्त्री परिवर्तन नगर्न जोडदार सिफारिश गर्छौ । उच्च स्तरीय कोभिड–१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनु पूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकित्सक र जनस्वास्थ्य विशेषज्ञहरू सम्मिलित स्वतन्त्र सल्लाहकारहरूको सानो समूह बनाउन उहाँलाई निर्देशन दिनु होस्। 
    कोभिड–१९ महामारीको विश्वव्यापी अनुभवले यो भाईरस दिर्घकालिन समय सम्म रहने संकेत गरेको छ । यसको तिब्र गतिमा हुने परावर्तन क्षमताले गर्दा र देशहरुको तयारी अवस्थामा कमि हुदाँ महामारीका थप छालहरू आउन सक्छन् र निकै समय विते पछि मात्र यो कम हानिकारक जीवाणुमा परिवर्तित हुने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले चेतावनी दिए अनुसार कोभिड १९ को खोपको वितरणमा समानता नभएको हुनाले आगामी बर्ष यो भाइरसका अझ धेरै भेरिएण्ट उत्पन्न हुन सक्छ । यस्तो चेतावनीले कोभिड महाव्याधि को परिदृष्यलाई झनै गम्भीर बनाएको छ भने नेपालमा कोभिड को दोश्रो लहरको घट्ने क्रम बिगतको चार हप्तामा सुस्त हुदै स्थिर हुन पुगेको छ र अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । कोभिड को खोप लाई उच्च प्राथमिकता दिएको भए पनि लगाउनु पर्ने सबैलाई पूर्ण रुपले खोप लगाउनु अघि नै हामीले अर्को लहरको सामना गर्नुपर्ने हुन सक्छ । 
    रोकथामका उपायहरु जस्तै सहि तरिकाले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने , साबुन पानीले हात धुने आदि अति आवश्यक छन् तर पर्याप्त छैनन् । लकडाउन एक चरम र अस्थायी समाधान मात्र हो जसका धेरै बेफाइदाहरु छन् । तसर्थ, उपचारको लागि स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउनु आवश्यक छ भने घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ’आफ्नो स्वास्थ्य को हेरचाह आफै गर्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ। स्वास्थ्यकर्मीहरुको नैतिक र उत्प्रेरणा जुनसुकै मूल्यमा पनि उच्च राख्नुपर्छ। १८ वर्षभन्दा माथिको लाई यथाशीघ्र खोप लगाउनु पर्छ र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनु पर्छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार