• बिहीबार , ५ कात्तिक २०८३
  • images

    तीनसय नर्सका लागि स्थायी हुने अवसर

    तीनसय नर्सका लागि स्थायी हुने अवसर

    चैत २९ सम्म आवेदन दिनुपर्ने

    हेल्दीखबर
    बुधबार, चैत २ २०७८
    हेल्दीखबर
    बुधबार, चैत २ २०७८
    तीनसय नर्सका लागि स्थायी हुने अवसर

    काठमाडौं । लोक सेवा आयोगले तीन सय जना स्टाफ नर्स स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको छ । आयोगको मंगलबार बसेको बैठकले खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा ३०० जना नर्स तत्काल स्थायी पदपूर्ति गर्नुपर्ने भन्दै विशेष विज्ञापन गरेको हो ।

    विज्ञापनमा अनलाइन दरखास्त हाल्ने म्याद २२ चैतसम्म र दोब्बर दस्तुर तिरी दरखास्त हाल्ने म्याद २९ चैतसम्म तोकिएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार यो विज्ञापन वीर अस्पतालको नयाँ भवनमा सेवा सञ्चालनका लागि खटाउने उदेश्यले खोलिएको हो ।

    nurse1.jpg

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार