• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २४१ नाघ्यो

    काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २४१ नाघ्यो

    हेल्दीखबर
    बुधबार, साउन ६ २०७८
    हेल्दीखबर
    बुधबार, साउन ६ २०७८
    काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २४१ नाघ्यो


    काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ७३ हजार  ७४२ व्यक्तिलाई कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ६३ हजार ६१४ जना व्यक्तिहरु भने निको भइसकेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको तथ्यांक अनुसार ७ हजार २४१ सक्रिय संक्रमित रहेका छन्। उपत्यकामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५ हजार ५३७ सक्रिय संक्रमित रहेका छन्। हालसम्म काठमाडौंमा २ लाख ११ हजार १२६ जना संक्रमित भएका छन्, तीमध्ये २ लाख ३ हजार ६५२ जना निको भइसकेका छन्। १ हजार ९३७ जना संक्रमितको मृत्यु भएको छ।

    त्यसैगरी, भक्तपुरमा ८२९ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर हालसम्म २३ हजार २७८ जना संक्रमित भएका मध्ये २२ हजार ७४ जना निको भइसकेका छन्। ३७५ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा ८७५ सक्रिय संक्रमित रहेका छन्। ललितपुरमा ३९ हजार ३३८ संक्रमित मध्ये ३७ हजार ८८८ जना संक्रमित निको भइसकेका छन्। ५७५ संक्रमित मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। हालसम्म नेपालमा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्। हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार