• सोमबार, १५ भदौ २०८३
  • images

    नारीे बिना पैसाको कुनै पनि अस्तित्व नहुने विश्व प्रसिद्ध दार्शनिकको भनाई

    नारीे बिना पैसाको कुनै पनि अस्तित्व नहुने विश्व प्रसिद्ध दार्शनिकको भनाई

    बुधबार, साउन ६ २०७८
    बुधबार, साउन ६ २०७८
    नारीे बिना पैसाको कुनै पनि अस्तित्व नहुने विश्व प्रसिद्ध दार्शनिकको भनाई


    काठमाडौँ, श्रावण ६
    हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ । तर, यो जीवनमा नभइ नहुने अंगका रुपमा रहेको छ । पैसाबारे अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ। तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन। र यसको कुराकानीको अन्त्य सधैँ राम्रो पनि होइन । ब्रिटेनमा गरिएको एउटा अध्ययन भन्छ सम्बन्धमा समस्या ल्याउने प्रमुख स्रोत मध्ये एक पैसा हो। कतिपयका सम्बन्ध धन सम्पति अर्थात पैसाका कारण उतारचढाव हुन पुगेको छ । घर व्यवहारमा मात्र नभई यो परिवारका सदस्य र साथीसँगीसँग हुने समस्याको श्रोत कारण पनि पैसाबारे इमानदारीता, अभाव र उल्झनका कारण हुन्छन् ।

    केहि विश्व प्रसिद्ध दार्शनिकको भनाई

    – जीवनमा आइपर्ने केही दुःखलाई राम्रो कमाइले पार लाउन सक्दैन । – लोगन पियरसल स्मिथ

    – पैसा दुईधारे तरबार हो, जसले भए पनि–नभए पनि मानिसलाई चोट दिइरहन्छ । – लेखनाथ पौडयाल

    – म प्रशस्तै पैसा भएको गरिब मानिसको जीवन बाँच्न चाहन्छु । – पाब्लो पिकासो

    – पैसालाई जति अङ्गालो हाल्छु भनेर लागे पनि यसले तपाईँको वास्ता गर्दैन । – अज्ञात

    – जीवनलाई डलरसँग तुलना गर्नु ठूलो भूल हो । – क्लिपफोर्ड ओडेट्स

    – पैसाको सवालमा सबै एक धर्मका अनुयायी बनिदिन्छन् । – भोल्तेयर

    – पैसालाई भगवान बनाइयो भने यसले हामीलाई दानव बनाइदिन्छ । – हेनरी फिल्डिङ

    – नारी नभएको भए पैसाको पनि कुनै अस्तित्व हुने थिएन । – एरिस्टोटल

    – शुद्ध निस्वार्थ प्रेम मन र निश्कलङ्क शुद्धिविना असम्भव र अप्राप्य छ । – महात्मा गान्धी

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार