• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा १८ प्रतिशत जनसंख्यामा कानको समस्या

    नेपालमा १८ प्रतिशत जनसंख्यामा कानको समस्या

    हेल्दीखबर
    बिहीबार , फागुन १९ २०७८
    हेल्दीखबर
    बिहीबार , फागुन १९ २०७८
    नेपालमा १८ प्रतिशत जनसंख्यामा कानको समस्या

    काठमाडौं । नेपालमा १८ प्रतिशतमा कानको समस्या रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको 'राष्ट्रिय बेसलाइन सर्भे' प्रारम्भिक नतिजा अनुसार नेपालमा  ८ प्रतिशत जनसंख्यामा कानको रोग तथा समस्या रहेको देखाएकाे छ। नतिजा अनुसार नेपालको कुल जनसंख्याको १८ दशमलव ८ प्रतिशतमा कान रोगको समस्या देखाएको हो। 
    मन्त्रालयले सात वटै प्रदेशका २८ जिल्लाका समुदाय र विद्यालय गरी कुल १७ हजार ५९ जनामा उक्त सर्भे गरेको थियो।आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीका अनुसार वैशाख र साउनमा गरी दुई चरणमा गरिएको सर्भेको अन्तिम रिपोर्ट दुई महिनाभित्र आउने छ। २०६८ को जनगणना अनुसार अपांगता भएकामध्ये १५ दशमलव ४ प्रतिशतमा श्रवण सम्बन्धी र ११ दशमलव ५ प्रतिशतमा बोली सम्बन्धी समस्या देखिएको थियो। 
    उक्त सर्भेले सबैभन्दा धेरै लुम्बिनी प्रदेशको २४ दशमलव ८ प्रतिशतमा कोनको रोग भएको देखाएको छ। कान रोग १८ वर्ष मुनिका १ दशमलव २२ र पुरुषभन्दा महिलामा शून्य दशमलव ९४ प्रतिशत गुणा बढी जोखिम पाइएको छ। डा बुढाथोकीले  एलर्जी, राइनाइटिस, दम, धुम्रपान, मदिरा सेवन, लामो समय अस्पताल भर्ना भएका तथा लामो समय चर्को ध्वनीमा रहेकाहरु यसको जोखिममा रहने बताए। कानको संक्रमणको समयमै उपचारको पहुँच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी, बढ्दो चर्को ध्वनीका कारण समस्या बढ्दै गएको उनले बताए। बच्चा जन्मेदेखि सुरुमै कानको परीक्षण गर्न सके ६० प्रतिशत श्रवण अशक्तता रोक्न सकिने उनले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार