• सोमबार, १५ भदौ २०८३
  • images

    भारतमा कोराना संक्रमणदर घट्दै 

    भारतमा कोराना संक्रमणदर घट्दै 

    बुधबार, साउन ६ २०७८
    बुधबार, साउन ६ २०७८
    भारतमा कोराना संक्रमणदर घट्दै 


    काठमाडौँ, श्रावण ६
    भारतमा कोरोना संक्रमणदर घट्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा चार महिनायताकै सबैभन्दा कम संक्रमित देखिएका छन्। । भारतमा गएको २४ घण्टामा ३० हजार ९३ जनामा मात्रै सङक्रमण पुष्टि भएको त्यहाँको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। संक्रमणको यो संख्या गएको एक सय २५ दिनयताकै सबैभन्दा कम हो।

    भारतमा अहिलेसम्म तीन करोड ११ लाखलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म चार लाख १४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या चार लाख ६ हजार छ भने  तीन करोड ३ लाख ५३ हजार व्यक्ति कोरोना मुक्त भएका छन्। । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार