• सोमबार, १५ भदौ २०८३
  • images

    दरबन्दीभन्दा १३ जना स्वास्थ्यकर्मी बढी

    दरबन्दीभन्दा १३ जना स्वास्थ्यकर्मी बढी

    हेल्दीखबर
    शनिबार, फागुन १४ २०७८
    हेल्दीखबर
    शनिबार, फागुन १४ २०७८
    दरबन्दीभन्दा १३ जना स्वास्थ्यकर्मी बढी

    कालिकोट । नेपालका धेरै ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मीको सेवा प्रभावित भइरहेका छन्। तर कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा पनि आवश्यता भन्दा १३ जना स्वास्थ्यकर्मी बढी भएर कामविहीन हुनु परेको छ । 
    सरकारले कर्मचारीलाई समायोजन हुन सूचना गरेका बेला रास्कोट नगरपालिका रोजेर आएका स्वास्थ्यका कर्मचारीमध्ये दुई जना दरबन्दीभन्दा बढी हाजिर भएका थिए । 
    यसअघि नै दुई जना कर्मचारी बढी रहेका बेला फेरि थप ११ जना नगरपालिकामा हाजिर भएर बसिरहेका छन् । नगरपालिकाले बिनायोजना कर्मचारीलाई नगरमा बोलाएर काम दिन नसकेको कर्मचारीको गुनासो छ । त्यहाँ कार्यरत अहेबका अनुसार राज्यको कोषबाट तलब खाए पनि काम नभएर उनीहरू बसिरहेका छन् । कोही पहुँच भएका कर्मचारी नगरबाहिर बसेर पनि तलब खाइरहेका छन् ।
    उता रास्कोट नगरपालिकाले भने कर्मचारीको अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गरिरहेको छ। नगर अस्पतालका लागि विभिन्न पदमा कर्मचारी राख्न गत पुस ४ गते सूचना गरेर माघ २५ गते लिखित परीक्षासमेत लिएर थप कर्मचारी भर्ना गरेको थियो। 
    नगरमा आएका स्वास्थ्यका कर्मचारीले काम नपाएर विभिन्न व्यवसाय गर्न कोही बाजुरा, सुर्खेत, काठमाडौँ बसेका बेला अरू करारमा कर्मचारी भर्ना गर्नु उपयुक्त नभएको स्थानीयवासीको भनाइ छ।
    नगरपालिकाका निमित्तप्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले अनमी, स्टाफनर्स, ल्याबका कर्मचारी जगेडामा नभएकाले केही सिटमा मात्र विज्ञापन गरेर कर्मचारी पदपूर्ति गरेको बताउनुभयो ।
    सामदायिक स्वास्थ्य एकाइमा स्थायी दरबन्दी छैनन् तर नगरपालिकाले ती ठाउँमा स्थायी कर्मचारी खटाएको छ ।  रास्कोट-३ मा दुई जना स्थायी कर्मचारी सामुदायिक स्वास्थ्य एकाइमा पठाएको छ। नगर भरी आठवटा सामुदायिक स्वास्थ्य एकाइ छन् । वडा नम्बर १ को सामुदायिक स्वास्थ्य एकाइमा कार्यरत अहेब ऐनबहादुर शाही अस्पतालमा गएपछि त्यहाँ खाली छ। 
    अहिले अनमीले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिरहनु भएको छ। नगर स्वास्थ्य शाखाका निमित्तप्रमख हंशराज बरालले नगरपालिकाले सहमति दिएका कारणले १८ जना दरबन्दी भएको नगरमा ३० जना कर्मचारी आएकाले १३ जनालाई जगेडामा राख्नुपरेको बताउनुभयो । 
    अहिले नगरपालिकामा ७५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी रहेका छन् ।
    गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार