• आइतबार, ८ कात्तिक २०८३
  • images

    कोरोनाबाट चार जनाको मृत्यु, २६२ जना संक्रमित

    कोरोनाबाट चार जनाको मृत्यु, २६२ जना संक्रमित

    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    कोरोनाबाट चार जनाको मृत्यु, २६२ जना संक्रमित

     काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११९२१ पुगेको छ। यस्तै देशभर २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकी प्रवक्ता डा‍.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२९ र एन्टिजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको छ । 
    यस अवधिमा ९ हजार ८१५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ५७२ र एन्टिजेन परीक्षण ३ हजार २४३ भएको छ । २४ घण्टामा १३३८ जना कोरोनामुक्त भएका छन् । 
    २४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ३.४८ रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार