• सोमबार, १५ भदौ २०८३
  • images

    रोकी राखेको ट्रकमा कार ठोकिँदा तीनजनाको मृत्यु, दुई घाइते

    रोकी राखेको ट्रकमा कार ठोकिँदा तीनजनाको मृत्यु, दुई घाइते

    हेल्दीखबर
    सोमबार, माघ २४ २०७८
    हेल्दीखबर
    सोमबार, माघ २४ २०७८
    रोकी राखेको ट्रकमा कार ठोकिँदा तीनजनाको मृत्यु, दुई घाइते

    बुटवल । रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन । बुटवल उपमहानगरपालिका १२ तामनगरमा सोमवार बिहान करिव ५ बजे सडक किनारमा उक्त घटना भएको हो।
    पश्चिमदेखि पूर्व जाँदै गरेको लु २ ख ९७७२ नम्बरको ट्रक सडक किनारमा रोकिएको थियो ।
    सो ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको हो ।
    घटनामा परी बुटवल १३ का अन्दाजी २८ वर्षिय सविन चौधरी, सोही स्थानकै २७ वर्षीय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते भएका छन भने बुटवल १२ का अनिश जिसी सामान्य घाइते भएका छन ।
    बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक जीवन लामिछानेले बताउनुभयो ।
    दुर्घटनामा परी घाइते दुईजनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार