काठमाडौं । कोरोनाका कारण स्थगित लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सुरु हुने भएको छ।
आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सम्पुर्ण परिक्षा स्थगित गरेको थियो। आयोगले यसअघि स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको जनाएको छ।लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ।
आयोगले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने कार्यक्रम तोकेको हो।