काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको कार्यकारी समितिले आइतवार नतिजा सार्वजनिक गरेको हो।
आयोगले माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६ सय २९ परीक्षार्थी सहभागी भएका थिए। आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्कसहित समावेश गरी कयम हुन आएको कुल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरेको जनाएको छ ।
साथै आयोगले आज बिहान १० बजेदेखि माघ १९ गते साँझ ५ बजेसम्म उत्तिर्ण गरेकालाई निवेदन पनि पेश गर्न भनेको छ ।