काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ९०४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सहित नेपालमा कुल संक्रमितको संख्या नौ लाख ४७ हजार ३९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर र चार हजार ४६१ जनाको एन्टीजेन परीक्षणका गर्दा थप चार हजार ९०४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा पाँच हजार ९२४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।
यसैबीच थप छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।