• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    कोरोना नियन्त्रणका लागि दिल्लीमा लगाइएको प्रतिबन्ध खुकुलो

    कोरोना नियन्त्रणका लागि दिल्लीमा लगाइएको प्रतिबन्ध खुकुलो

    हेल्दीखबर
    शुक्रबार, माघ १४ २०७८
    हेल्दीखबर
    शुक्रबार, माघ १४ २०७८
    कोरोना नियन्त्रणका लागि दिल्लीमा लगाइएको प्रतिबन्ध खुकुलो

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्ध खुकुलो पारिएको छ । कोरोना संक्रमणदर घट्न थालेसँगै दिल्लीमा लगाइएका प्रतिबन्ध खुकुलो पारिएको हो ।

    प्रतिबन्ध खुकुलो पारिएसँगै दिल्लीमा हप्ताको दुई दिन लगाइएको कर्फ्यू यसै सातादेखि हटाइने भएको छ । दिल्लीमा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि हरेक शनिबार र आइतबार लगाइएको कर्फ्यू हट्ने भएको भारतीय समाचार माध्यमले जनाएका छन्।

    images

    त्यस्तै, दिल्लीका बजार तथा शपिङ मलमा लगाइएका प्रतिबन्धसमेत खुकुलो पारिने भएको छ । ५० प्रतिशत क्षमतामा सिनेमा हल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ भने विवाह समारोहमा अबदेखि २०० जनासम्म सहभागी हुन पाउने छन् । दिल्लीका सरकारी कार्यालय समेत ५० प्रतिशत क्षमतामा खुला गरिने भएको छ। 

    दिल्लीको विपत व्यवस्थापन प्राधिकरणका अनुसार जोरबिजोर प्रणालीसहितका अन्य प्रतिबन्धसमेत भोलिदेखि अन्त्य हुने भएका छ । तर, शैक्षिक संस्था भने बन्द नै रहने र रात्रिकालीन कर्फ्यू जारी रहने समाचारमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार