• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    कोरोना नियन्त्रणमा सरकारको नयाँ आदेश जारी

    कोरोना नियन्त्रणमा सरकारको नयाँ आदेश जारी

    हेल्दीखबर
    आइतबार, माघ २ २०७८
    हेल्दीखबर
    आइतबार, माघ २ २०७८
    कोरोना नियन्त्रणमा सरकारको नयाँ आदेश जारी


    काठमाडौ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोरोना भाइरसको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश, २०७८ जारी गरेको छ । 
    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार नयाँ भेरियन्नट ओमिक्रोनसहित कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश २०७८ जारी गरिएको जानकारी दिनुभयो ।

    कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ नियमानुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ समान्तसम्म सञ्चालन गर्न पाइने छैन ।

    images

    यससैगरी गोष्ठी, सेमिनार, समीक्षा र बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्ने छ । यस्ता क्रियाकलाप भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।

    सरकारले यस्ता क्रियापकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्ति मात्र उपस्थित हुने गरी कार्यक्रम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने भएको छ ।

    त्यस्तै सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा पच्चीस जनाभन्दा बढी हुन नहुने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार