• बिहीबार , ५ कात्तिक २०८३
  • images

    कोरोना नियन्त्रण गर्न स्मार्ट लकडाउन गर्ने निर्णय

    कोरोना नियन्त्रण गर्न स्मार्ट लकडाउन गर्ने निर्णय

    हेल्दीखबर
    आइतबार, पुस २५ २०७८
    हेल्दीखबर
    आइतबार, पुस २५ २०७८
    कोरोना नियन्त्रण गर्न स्मार्ट लकडाउन गर्ने निर्णय

    काठमाडौं । सरकारले  कोरोना नियन्त्रण गर्न स्मार्ट लकडाउन गर्ने भएको छ।  कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि  विभिन्न १३ बुदे  सिफारिस गर्दै  स्मार्ट लकडाउन जान सिफारिस गरेको छ । कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । यस्तै  सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
    सँगै देशभरका आधारभूत र माद्यामिक विद्यालय माघ १५ गतेसम्म बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीसीले विद्यालय बन्द गर्ने सिफारिस गरे पनि यसको निर्णय नेपाल सरकारले गर्नेछ । स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।
    सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिस :ccmcc1.jpgccmcc2.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार