• सोमबार, १५ भदौ २०८३
  • images

    ‘ कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मुखले होइन,व्यवहारमा जोखिम भत्ता दिइयोस’

    ‘ कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मुखले होइन,व्यवहारमा जोखिम भत्ता दिइयोस’

    हेल्दीखबर
    शनिबार, माघ ८ २०७८
    हेल्दीखबर
    शनिबार, माघ ८ २०७८
    ‘ कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मुखले होइन,व्यवहारमा जोखिम भत्ता दिइयोस’

    काठमाडौँ। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ । 
    संघले सरकारले कोभिड बढेको बेला मात्र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने चर्चा चलाएको भन्दै कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिभ भत्ता उपलब्ध गराउन माग गरेको हो । 
    कोभिड – १९ को बढ्दो संक्रमणलाई लिएर नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ बुँदे ज्ञापन पत्रमा जोखिम भत्ताको विषय उल्लेख छ । 

    संघको ७७ वटै जिल्ला कार्य समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । संघको केन्द्रीय कार्यसमितिले  भने स्वास्थ्य सचिव डा रोशन पोखरेललाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।  प्रादेशिक समितिले सातवटै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा संक्रमण केशहरु तिव्र गतिमा फैलिएको, परीक्षण गरिएकोमध्ये ४५ प्रतिशत केश पोजेटिभ देखिएको भन्दै महामारी रोक्नका लागि एक जुट भएर अघि बढ्नुका साथै स्वास्थ्यकर्मीहरुको उच्च मनोवल बनाउने बातावरण सिर्जना गर्न भनिएको छ ।

    अध्यक्ष रामबहादुर चन्दले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमकि तुरुन्त उपलब्ध गराईयोस, सो सुबिधा उपलब्ध नगराउने संस्थाहरुलाई कारबाहिको दायरामा ल्याउनुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहंदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीहरुका लागि उचित किसिमको आइसोलेसनको व्यवस्था गर्नुपर्नै, संक्रमित स्वाथ्यकर्मीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, सम्पुर्ण स्वास्थ्यकर्मीहरु र अग्रस्थानमा खटिने कर्मचारीहरुको यथासिघ्र बीमाको व्यवस्था गर्नुपर्ने भनिएको छ ।

    यस्तै कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हाल सम्म पनि पुरा नदिएकाले तुरुन्त दिईने व्यवस्था गर्न, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई प्रयाप्त स्वास्थ्य सुरक्षा सामाग्रीहरुको व्यवस्था र निःशुल्क पीसीआर को व्यवस्था गर्न भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार