• सोमबार, १५ भदौ २०८३
  • images

     पाँच महिनामै पाँच  ५ करोड ३२ लाखको कन्डम भित्रियो

     पाँच महिनामै पाँच  ५ करोड ३२ लाखको कन्डम भित्रियो

     गत वर्ष २४ करोड ३८ लाखको भित्रिएको थियो

    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
     पाँच महिनामै पाँच  ५ करोड ३२ लाखको कन्डम भित्रियो

    काठमाडौं । नेपालमा पाँच महिनामै पाँच करोडको कन्डम भित्रिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कन्डम भित्रिएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विदेशबाट ५ करोड ३२ लाख रुपैयाँको कन्डम भित्रिएको हो । साउनदेखि मंसिर महिनासम्ममा २ करोड ७९ लाख ५ हजार वटा कन्डम भित्रिएको विभागले जनाएको छ । सबैभन्दा धेरै भारतबाट  ४ करोड २८ लाख ७५ हजार रुपैयाँको कन्डम आयात भएको छ । यसपछि कोरियाबाट ३२ लाखको, मलेसियाबाट २८ लाखको, थाइल्याण्डबाट २७ लाखको र चीनबाट १५ लाख रुपैयाँका कन्डम आयात भएको छ । विश्वका सात वटा मुलुकबाट नेपालमा कन्डम आयात हुने गरेको छ । भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम भित्रिएको भन्सार विभागले जनाएको छ ।अमेरिका र संयुक्त अरब इमिरेट्सबाट नगन्य मात्रामा मात्रै कन्डम भित्रिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा विदेशबाट नेपालले २४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको ६० करोड १० लाख वटा कन्डम आयात भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार