तनहुँ । तनहुँमा १८ वर्ष उमेरभन्दा माथिका ६८.६ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका छन्। कार्यालयकाअनुसार १८ वर्षमाथिका दुई लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ जनाले कोरोना भाइरसविरुद्धको पूरा खोप लगाएका छन्। त्यस्तै जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका ८०.७ प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। कूल ३९ हजार ४३४ बालबालिकामध्ये ३१ हजार ८१२ ले यो खोप लगाएका हुन्।
कार्यालयकाअनुसार कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा खोप लगाएका १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिमध्ये भानुका २१ हजार ७५५, व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका छ हजार ७६८, ऋषिङका नौ हजार ५३, देवघाटका छ हजार ५६३, बन्दीपुरका नौ हजार ४०० र आँबुखैरेनीका १२ हजार ६८९ ले पूरा खोप लगाएका छन्।
यसैगरी भानुका तीन हजार २२०, व्यासका आठ हजार ९५७, म्याग्देका एक हजार ४६४ र शुक्लागण्डकीका पाँच हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन्। भिमादका दुई हजार ८७९, घिरिङका एक हजार ३१८, ऋषिङका दुई हजार १२५, देवघाटका एक हजार ५३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ। रासस