• आइतबार, ८ कात्तिक २०८३
  • images

    दिनहुँ बढ्दै संक्रमित, आज थपिए ३५५३ जना

    दिनहुँ बढ्दै संक्रमित, आज थपिए ३५५३ जना

    हेल्दीखबर
    बिहीबार , पुस २९ २०७८
    हेल्दीखबर
    बिहीबार , पुस २९ २०७८
    दिनहुँ बढ्दै संक्रमित, आज थपिए ३५५३ जना


    काठमाडौ । नेपाल दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको छ । 
    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ८ सय ३७ र होम आइसोलेसनमा १३ हजार ५ सय ३ जना रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी १५ हजार ८१ वटा नमुना परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनाको रीपोर्ट पोजेटिभ आएको हो । त्यस्तै आइसीयूमा १ सय १० जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।

    images

    जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ४ सय ४९, भक्तपुरमा १ सय ५० र ललितपुरमा ३ सय १७ जना गरी उपत्यकामा १ हजार ९ सय १६ जना थपिएका छन् । त्यस्तै आज थप ३ लाख ५६ हजार ४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार