• बिहीबार , ५ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा आयाेगद्वारा स्नातकोत्तर तहको सिट निर्धारण

    चिकित्सा शिक्षा आयाेगद्वारा स्नातकोत्तर तहको सिट निर्धारण

    हेल्दीखबर
    आइतबार, पुस १८ २०७८
    हेल्दीखबर
    आइतबार, पुस १८ २०७८
    चिकित्सा शिक्षा आयाेगद्वारा  स्नातकोत्तर तहको सिट निर्धारण

    काठमाडौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि सिट निर्धारण गरेको छ । 
    आयोगले शैक्षिक सत्र २०७७÷७८ का लागि सिट संख्या निर्धारण गरेको हो । 
    आयोगका कार्यकारी उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरीले आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी एक हजार ७१२ सिट निर्धारण गरेको जानकारी दिनुभयो । 
    आयोगले ललितपुर नर्सिङ क्याम्पसमा २८, आयुर्वेद क्याम्पसमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६९, बिराट मेडिकल कलेजमा २५, चितवन मेडिकल कलेजमा १०६, किस्ट कलेजमा १२, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ४४, गण्डकी मेडिकल कलेजमा ४०, हिमालय आइ इन्स्टीच्युटमा ६, जानकी मेडिकल कलेजमा ४, कान्तिपुर डेण्टल कलेजमा ७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, काठमाडौं मेडिकल कलेजमा ७४, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजमा ८८ सिट निर्धारण गरेको हो । 
    यस्तै, किस्ट मेडिकल कलेजमा ५६, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ३४, महाराजगञ्ज मेडिकल कलेजमा १३४, महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३२, मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा ३९, मनमोहन मेमोरियल इन्स्टीच्युट अफ मेडिकल साइन्सेजमा १४१, नेशनल मेडिकल कलेजमा ७३, नेप्लीज आर्मी इन्स्टीच्युट अफ हेल्थ साइन्सेजमा ५७, नेपालगञ्ज शिक्षण अस्पतालमा २७, नोबेल कलेजमा २५, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ६२, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५ सिट निर्धारण गरिएको छ। 

    यसैगरी पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिमा १६, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३३, पोखरा नर्सिङ क्याम्पसमा १५, पूर्वाञ्चल युनिभर्सिटी अफ स्कुल अफ हेल्थ साइन्सेजमा २०, स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेजमा ४७, श्री मेडिकल एण्ड टेक्नीकल कलेज चितवनमा १०, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ६९ र केयु स्कुल अफ साइन्सेजमा ५० सिट निर्धारण गरिएको छ । 
      

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार