• आइतबार, ८ कात्तिक २०८३
  • images

    भारतमा  थपिए ९ हजार १९५ जना कोरोना संक्रमित, ७८१ जनामा ओमिक्रोन भेरियन्ट

    भारतमा  थपिए ९ हजार १९५ जना कोरोना संक्रमित, ७८१ जनामा ओमिक्रोन भेरियन्ट

    हेल्दीखबर
    बुधबार, पुस १४ २०७८
    हेल्दीखबर
    बुधबार, पुस १४ २०७८
    भारतमा  थपिए ९ हजार १९५ जना कोरोना संक्रमित, ७८१ जनामा ओमिक्रोन भेरियन्ट

    काठमाडौं-  भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ संक्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार दिएकाे जानकारी अनुसार थपिएका संक्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।

    यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। सोही अवधिमा थप ३०२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ५९२ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

    images

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार २ जना रहेका छन्। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको जनाइएको छ।  

    गएको २४ घण्टामा भारतमा सात हजार ३४७ जना कोरोनाबाट मुक्तभएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५१ हजार २९२ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्।

    भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ। यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको  जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार