काठमाडौ । अब एउटै खोप केन्द्रमा दुई किसिमको खोप लगाउन पाइने छ । स्वास्थ्य कार्यालय काठमाडौले हरेक दिन कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो मात्रा खोप दिइरहेको छ । स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेले दैनिक खोप दिएका अस्पतालमा सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पताल रहेका छन् ।
उहाँले यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा कोभिशिल्ड र भेरोसेल दुवै खोप पाइने पनि बताउनुभयो । उहाँले कोटेश्वर, नयाँ बसपार्क, कलङ्की र बल्खुमा खोपको व्यवस्था गरिएको बताउनुभयो । त्यहाँ पनि कोभिशिल्ड र भेरोसेलको दुवै खोप पाउने उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले पहिलो वा दोस्रो मात्रा खोप एकै पटक लगाउन पाइने जानकारी दिँदै अब हरेक केन्द्रमा दुवै खोपको व्यवस्था गरिएको बताउनुभयो । उहाँले दुवै खोपको व्यवस्था मङ्गलबारबाट गरिएको बताउँदै अस्पतालबाहेक प्रमुख चार नाकाबाट पनि खोपको व्यवस्था गरिएको बताउनुभयो ।