काठमाडौं । औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला परेपछि कारबाही गरेको हो।
विभागले औषधि पसललाई कसुरका आधारमा ७ देखि २१ दिन निलम्बनको कारबाही गरेको छ। विभागले गरेको अनुगमनका क्रममा ती १७ पसललाई कारबाही गरेको हो।
