• बिहीबार , ५ कात्तिक २०८३
  • images

    महामन्त्रीमा पराजित नेता रिजाल पुण्यश्री प्रतिष्ठान स्थापना गरेर स्वास्थ्य सेवामा लाग्ने

    महामन्त्रीमा पराजित नेता रिजाल पुण्यश्री प्रतिष्ठान स्थापना गरेर स्वास्थ्य सेवामा लाग्ने

    शुक्रबार, पुस २ २०७८
    शुक्रबार, पुस २ २०७८
    महामन्त्रीमा पराजित नेता रिजाल पुण्यश्री प्रतिष्ठान स्थापना गरेर स्वास्थ्य सेवामा लाग्ने

    काठमाडौं ।महामन्त्रीमा पराजित भएपछि  नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आमा–बुवाको नाममा प्रतिष्ठान स्थापना गर्ने र स्वास्थ्य सेवामा लाग्ने बताउनुभएको छ।  नेता रिजालले आमा–बुवाको नाममा पुण्यश्री प्रतिष्ठान स्थापना गरेर मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचार पाउने गरी ५० लाख रुपैयाँ अनुदान राख्ने घोषणा गर्नुभएको छ। 

    नेपाली कांग्रेसका नेता रिजाल २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। 
    कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका रिजालले बिहीबार रक्षामन्त्री पदबाट समेत राजीनामा दिनुभएको थियो। 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार