काठमाडौं, । कोरोना विरुद्ध रोकथाम गर्ने उपायको लागि खोप सबै जनमानसमा पुर्याउनको लागि सरकारले समुचित व्यवस्था गरिरहेको छ । कोरोनाको औषधि भने अहिलेसम्म पत्ता नलागिसकेको अवस्थामा साधारण मानिसहरूले औषधिको रूपमा प्रयोग गर्ने भनेकै योग हो । सो कुरा पतञ्जली योग समितिको प्रशिक्षण विभागको प्रमुख दीपक नेपालले बताउनुभयो ।
त्यस्तै आजको विश्व कोरोना १९ को विषाणुले व्याप्त भइरहेको परिप्रेक्षमा योगको महत्व झन् बढेको आयुर्वेद शास्त्रका आचार्य चरकले बताउनुभएको छ । सामान्य भाषामा योगको अर्थ जोड्नु हो । जीवात्माको परमात्मासँग मिलन अथवा जोड्लाई योग भनेर बुझ्नु पर्छ ।
यसैगरी विश्वव्यापी कोरोना महामारीसाग लड्न पनि योगकोक निकै महत्व रहेको उहाँले बताउनुभएको छ । हामी बजारमा पाइने विभिन्न प्रकारका खानेकुरा खाने गर्छौ जसले गर्दा हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरु लाग्ने छ । विभिन्न खालका रोगलाई निर्मुल गर्न र मानसिम रोगसँग लड्न योग एउटा औषधिको रुपमा काम गर्छ । यसकारण योगको जहिले पनि महत्व हुन्छ । साथै योगले युनिटिपावरमा समेत वृद्धि गर्छ । जसले रोगसँग लड्न मद्दत गर्छ ।
यसैगरी कोरोनाले सङ्क्रमित भएको मानिसलाई सर्वप्रथम फोक्सोमा कोरोना विषाणुले आक्रमण गर्ने चिकित्सकहरू बताउछन् । फोक्सो विकारित भएपछि निमोनिया हुन्छ र मानिसलाई सास फेर्न गाह्रो हुन्छ । त्यसपछि ज्वरो आउने, टाउको दुख्ने आदि लक्षण देखा पर्न । यस्तो हुने वित्तिकै चिकित्सकसँग सल्लाह लिएर उपचार शुरु गर्नपर्छ । साथसाथै अस्पताल जानु नपर्ने भएमा योगको उपचार पद्धति अनुसार छाति र फोक्सोको क्षमता बढाएर अक्सिजनको मात्रा बढाउनको लागि केहि योगथेरापी र प्राणायाम पनि गर्नु राम्रो हुन्छ ।
त्यस्तै कोरोना लगेका व्यक्तिले योग गर्दा फलदायी हुने कोरोना निको भएका बिरामीहरुको भनाइ छ । कोरोनाको शुरूवाती चरणमा योग गर्दा यसले कोरोना निको पार्न थप मद्दत गर्छ भने कोरोना निको भएका बिरामीहरूको फोक्सोलाई पूर्ववत् स्वस्थ्य अवस्थामा चाडै फर्काएको अनुभव योग गर्ने केही बिरामी भन्छन् ।
उहाँ भन्नुहुन्छ, योगको जन्मदाता भगवान् शिव हो । यो भगवान् शिवले पार्वतीलाई सिकाउनुभएको विद्या हो । पार्वतीलाई अप्ठ्यारो परेको बेला भगवान् शिवले पार्वतीलाई योगा सिकाउनुभएको थियो । यसले गर्दा योगको जन्मदाता भगवान् शिव हो भन्दा हुन्छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भगवान शिवपछि ऋषि महऋषि, वेद हुँदै पतञ्जली ऋषि, गौतम बुद्ध, अष्टबक्रजनक आदि योग शुरु गर्नुभएको हो । खास योगको जन्म नेपालबाट भएको उहाँ बताउनुहुन्छ । वास्तवमा साधारण मानिसलाई ऋषितुल्यदेखि देव तुल्यसम्म बनाएर क्षमता योगमा रहेको उहाँको भनाइ छ ।
योगले मानिसमा हुने दानवी प्रवृत्तिलाई हटाएर दैवी सम्पत् दिलाउने क्षमता राख्छ । जीवात्मा अर्थात् मानिसमा हुने धेरैथरी रोग,भय ,भोक र शोकादि विकार नहटाएसम्म परमात्मा परमेश्वरसँग योग हुने अधिकार हुँदैन । योगले मानिसमा रहने यही रोग र विकारजन्य मल हटाउने शक्ती हुन्छ । ‘शरीरं व्याधि मन्दिरम्’ अर्थात् यो शरीर रोगहरूको घर हो भनेर आयुर्वेद शास्त्रका आचार्य चरकले भन्नुभएको छ ।
संसारमा बेलाबखत कहिले प्लेग कहिले स्वाइन फ्लू र इबोला त कहिले एड्स जस्ता महामारीले पहिला पनि आक्रान्त गर्ने गरेको इतिहास साक्षी छ । यस्तो विश्वव्यापी रोग आउने जाने भइरहन्छ । तसर्थ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा व्यवस्थापन गरेर जुध्नसक्नु पर्छ ।