काठमाडौ । विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।
विज्ञप्ति जारी गर्दै बोर्डले जनस्वास्थ्य सेवा ऐन २०७५ तथा विज्ञापन एने २०७६ विपरीत मदिरा तथा सूतिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा नगराउन निर्देशन पनि दिएको छ।
होडिङ बोर्डमा रहेका विज्ञापन समेत तत्काल हटाउन समेत भनेको छ।
विज्ञापन तत्काल नहटाए कानूनी कारबाही गर्ने बोर्डले जनाएको छ। जनस्वास्थ्य सेवा एनेले मदिरा, चुरोट, सूर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न बोर्डले रोक लगाएको हो ।
