• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    १९ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा सबै पद रिक्त

    १९ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा सबै पद रिक्त

    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    १९ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा सबै पद रिक्त


    डडेलधुरा । सुदूरपश्चिमको पहाडी भेगकै भरोसाको केन्द्र डडेलधुरा अस्पतालमा दरबन्दीभन्दा न्युन संख्यामा  स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । 
     अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि ल्याब असिस्टेन्टसम्मको स्वीकृत दरबन्दीमध्ये ५५ प्रतिशतभन्दा बढी दरबन्दी खाली रहेको छ।
    ११औं तहका मेडिकल सुपरिन्टेण्डेन्ट, ९ र १०औं तहका कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट न्यूरोलोजिष्ट, कन्सल्टेन्ट ओबी गाइनोकोलोजिष्ट, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट रेडियोलोजिष्ट लगायतका चिकित्सकहरु सबै पद रिक्त छ। यतिमात्र हैन ९ र १०औं तहकै कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट न्यूरो सर्जन, कन्सल्टेन्ट डेण्टल सर्जन, कन्सल्टेन्ट प्याथोलोजिष्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, मेडिकल सुपरिटेण्डेन्ट, कन्सल्टेन्ट डर्माटोलोजिष्ट, कन्सल्टेन्ट इएनटी सर्जन, कन्सल्टेन्ट साइक्याट्रिस्ट, कन्सल्टेन्ट कार्डियोजोजिष्ट, कन्सल्टेन्ट नेफ्रोलोजिष्ट, कन्सल्टेन्ट युरोलोजिष्ट समेतको दरबन्दी भएपनि अहिलेसम्म यी पद रिक्त छन्।

    रिक्त पदहरुको विवरण पठाएर बारम्बार स्वास्थ्यकर्मी माग गर्दा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मी पठाएको छैन। दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या परेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्।

    images

    अस्पतालका अनुसार अस्पतालमा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा सबै पद रिक्त छ। ११औं तहका मेडिकल सुपरिटेन्डेन्टदेखि ४औं तहको ल्याब असिस्टेन्टसम्म गरेर अस्पतालमा ९८ जनाको दरबन्दी छ। तर तीमध्ये ५४ जनाको दरबन्दी रिक्त छ। विभिन्न विधाको गरेर १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा सबै पद रिक्त छ।  

    ु१९ जना सिनियर चिकित्सक नै नहुँदा अस्पतालले कसरी सेवा दिइरहेको होला अनुमान गर्न सक्छौं,ु अस्पतालका एक कर्मचारीले भने, ुसरकारले संघीय अस्पताल भनेर के गर्नु जनशक्ति हेर्दा जिल्ला अस्पतालको भन्दा पनि कमजोर अवस्था छ।

    अस्पतालमा ८औं तहका मेडिकल अधिकृतमा १८ जनाको दरबन्दी छ। तर अहिले ८ जना मात्र कार्यरत छन्। त्यसमा पनि २ जना मात्र स्थायी चिकित्सक हुन्। ६ जना करारमा कार्यरत छन्। यसैगरी ७ र ८औं तहको मेडिकल ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिष्ट, बायोमेडिकल टेक्निसियन, रेडियोग्राफर, हेल्थ असिस्टेण्ट, फिजियोथेरापिष्ट सहायक लगायतको दरबन्दी पनि एक–एक जनाको रिक्त छन्। 

    स्टाफ नर्स ३० जनाको दरबन्दी भएपनि १७ जना मात्र कार्यरत छन्। १३ जनाको दरबन्दी खाली छ। ल्याब असिस्टेण्ट समेत २ जनाको दरबन्दी भएकोमा एक जना मात्र कार्यरत छन्। 

    कुन पदमा कति रिक्तः

    Dadeldhura Hosptial Rikta Drbandi-1.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार