• सोमबार, १५ भदौ २०८३
  • images

    गाउँमा परिवार नियोजनबारे अज्ञानता, गरिबी र अशिक्षाले जन्माउँछन् धेरै सन्तान

    गाउँमा परिवार नियोजनबारे अज्ञानता, गरिबी र अशिक्षाले जन्माउँछन् धेरै सन्तान

    मंगलबार, असोज १२ २०७८
    मंगलबार, असोज १२ २०७८
    गाउँमा परिवार नियोजनबारे अज्ञानता, गरिबी र अशिक्षाले  जन्माउँछन् धेरै सन्तान


    काठमाडौ,१२ असोज ।  गोपाल भुजेललाई मोटे भनेर बोलाउँछन् । कसैकसैले भुजेल जेठा पनि भन्छन् । उनै मोटे सानो हुँदा देखि नै अरुको घरको काम गर्न थाल्नुभयो । कहिले भारी बोक्न दोलखाको जिरीसम्म आउनुपर्दथ्यो । कहिले देविटार,मन्थली,खिम्तिसम्म भारी बोक्नु उहाँको लागि सामान्य हो । उहाँ सानो छदाँ गोदार आएर नुन बोकेको पनि विर्सेको छैन गोपाल भुजेलले । भारी बोक्नकै लागि सिन्धुली त कति पटक आउनुभयो । उहाँ आफैलाई थाहा छैन । १५ वर्षको उमेरमा गाउँकी सीता भुजेलसंग विवाह गर्नुभयो । विवाह पछि पनि उहाँको पेशा अर्कैकोमा काम गर्ने, भारी बोक्ने,दाउरा चिर्ने, जोत्ने खन्ने यस्तै–यस्तैमा जिन्दगी वितिसक्यो । ५५ वर्षको उमेरमा पनि उहाँको काम त्यहि हो । 
    वर्षैपिच्छे जन्मेका ११ वटा सन्तान छन् गोपाल भुजेल उर्फ मोटे र सीता भुजेलका । केही वर्ष पहिले गाउँकै एकजना शिक्षक (सर)ले सन्तान धेरै भए । परिवार नियोजन गर भन्दा काठमाडौं जानुपर्ने, महंगो हुन्छ काठमाडौ जानलाई हुन्दिनुस दाई भगवानले दिएका हुन् । अहिलेसम्म भगवानको आशिवार्दले पालिएकै छन् । खसी पर्ने काम म गर्दिन भन्ने जवाफ दिए । 
    सरले परिवार नियोजनको सुझाव दिएपछि पनि पाँचवटा सन्तान भइसके । यतिखेर मोटेको साथमा छ वर्षको छोरो देखि लिएर नातिनातिना समेत भइसके । उहाँका ११ सन्तानमध्ये छ भाइ छोरा र पाँच बहिनी छोरी रहेका छन् । जेठो रुपक भुजेल पनि काठमाडौ तिर आएर गाडीको खलासी गर्दछन् । उनका पनि सन्तान भइसके र पनि बाबु गोपाल भुजेलले सन्तान जन्माउन छाडेका छैनन । अहिलेसम्म सीताले सामान्य अवस्थार्मै बच्चाहरुलाई जन्म दिइरहनुभएको छ । 
    उहाँको जिउडाल हे¥यो भने हाड र छाला बाहेक केही छैन । अब कान्छा सन्तानहरुलाई पनि अर्काको काममा लगाउन थालिसके । शिक्षकले कर गरेर बच्चालाई विद्यालय त पठाउँछन् तर एक दुई कक्षा पढेपछि उनीहरु प्नि बाउकै सिको गर्न थाल्दछन् । 
    ग्रामीण क्षेत्रमा परिवार नियोजनबारे केही थाहा नहुदा मोटेजस्ता धेरै मानिसहरुले दर्जन सून्तान अहिले पनि सहजै जन्माइरहेकै छन् ।  हुनेखाने परिवारले मात्र होइन, दिनहु बनिबुथो गरेर खानेहरुलाई समेत परिवार नियोजन बारे ज्ञान छैन । 
    गोपाल भुजेलका एक छोरा र दुई छोरीको विवाह भइसक्यो । अहिले पनि नौ  सन्तान साथमै छन् । उनीहरु पनि कसैको भारी बोक्ने, कोदालो खनिदिने, घाँस काट्ने काम गरेरै जिवन निर्वाह गरेका छन् । साना साना बच्चाले अर्काको घरमा काम गरेर ज्यान पालेको देख्दा र विद्यालय जाने उमेरमा अर्काको घरमा काम गर्दा जोसुकैको मन धमिलो हुन्छ । तर उनीहरुको पनि बाध्यता काम नगरि त खानै पाइदैन । 
    परिवार नियोजनबारे ज्ञान नै नभएर र भगवान भरोसामा बाँच्नेहरु धेरैले अस्तव्यस्त रुपमा सन्तानलाई जन्म दिएका छन् । 
    विश्वभर वर्षेनी २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गर्दछन । ती मध्ये विकोसोन्मुख देशका धेरै  छन्। हरेक वर्ष ४४ हजार महिलाको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको तथ्य छ । विश्वमा कुल मातृ मृत्युको ७ दशमलब ९ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण भएको पाइएको छ ।

    नेपालको संविधानले परिवार नियोजन सेवालाई प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो अधिकार अन्तर्गत रहेर महिलाले आफनो परिवारको योजना बनाउन सक्छिन। परिवार नियोजनका साधनको सहि छनोटले अनिच्छित गर्भ राख्नु पर्ने बाध्यताको अन्त हुन्छ । त्यसैले समयमा नै उचित र आफनो लागि सही परिवार नियोजनका साधन सम्बन्धी परामर्श गरी यो सेवा लिनु बुद्धिमानी हुन्छ । 
    सन् २०१६ मा कृपा नामक संस्थाले गरेको एक अध्ययन अनुसार नेपालमा बर्षेनि ३ लाख २३ हजार महिलाले गर्भपतन गर्छन् । जसमध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउँछन् । अर्थात् बर्सेनि एक लाख ८७ हजार ३४० महिला र किशोरी ज्यानको जोखिम मोलेर गर्भपतन गराउँछन् । यसले पनि के देखाउँछ भने परिवार नियोजनका साधन प्रयोग गर्ने कुरामा महिला र पुरुष दुबै जना संवेदनशिल नभएको पाइन्छ । 
    नेपालमा परिवार नियोजनका क्षेत्रमा ठूलो लगानी भएको भए पनि जम्मा ४३ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गरेको पाइन्छ । परिवार नियोजनका साधनको अपरिपूर्त माग २४ प्रतिशत रहेको छ । सन् २०१६ को नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण अनुसार आधुनिक साधनको प्रयोग दर ४३ प्रतिशत, अपरिपूर्त माग २४ प्रतिशत रहेको पाइएको हो ।

    अनिच्छित गर्भधारण नै गर्भपतन गराउनुपर्ने प्रमुख कारण हो । यदि अनिच्छित गर्भधारणको दर घटाउन सकियो भने यसबाट हुने जोखिम र मातृ मृत्यु दरमा कमी ल्याउन सकिन्छ । त्यसका लागि सही परिवार नियोजनका साधनको प्रयोग नै जरुरी हुन्छ ।
    ४१ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको जानकारी छ । जबकी यसले कानूनी मान्यता पाएको १९ वर्ष भइसकेको छ । नेपालमा कुल मातृमृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरिक्षत गर्भपतनका कारण हुने गरेको सरकारकै तथ्यांकले देखाउँछ ।
    सुरक्षीत गर्भपतनले कानुनी  मान्यता पाएको १८ वर्ष पुग्दा पनि महिलाहरु अझै असुरक्षित गर्भपतन गराउन बाध्य रहेका छन् ।
    जनचेतनाको अभाब, सामाजिक तथा धार्मिक कारणले गर्दा, कम उमेरमै गर्भ बस्दा महिलाहरु अझै पनि असुरक्षित गर्भपतन गराउन बाध्य भएका हुन्  । यतिमात्र होईन सरकारबाट मान्यता प्राप्त गर्भपतन गराउने सुचिकृत सस्थाबाहेक निजी क्लिनिक तथा पर्याप्त तालिम नलिएका व्यक्तिबाट गर्भपतन गराउँदा महिलाहरु असुरक्षित गर्भपतन गराउन बाध्य भएका हुन् । सुरक्षित गर्भपतनले २०५९ साल असोज १० गते कानूनी मान्यता पाएको थियो । नेपालमा विशेष अवस्थामा गर्भपतन गराउन पाइने कानूनी व्यवस्था भएपनि ५९ प्रतिशत महिलालाई यसबारे थाहा नै छैन । यस्तै ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराइरहेका छन् । परिवार कल्याण महाशाखाका अनुसार ४२ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा कानुनी रुपमा मान्यता पाएको छ भन्ने थाहा छैन । परिवार कल्याण महाशाखाका अनुसारसुरक्षित गर्भपतन सेवा ७७ वटै जिल्लाबाट पाउन सकिन्छ भने ६६ जिल्लामा मेडिकल अबोर्सन (औषधिको प्रयोग गरेर हुने गर्भपतन) सेवा पाउन सकिन्छ । सरकारी बाहेक अन्य गैरसरकारी संघसस्थाले पनि सुरक्षित गर्भपतन सेवा प्रदान गरीरहेका हुन्छन् । 
    लकडाउनले बढायो असुरक्षित गर्भपतन

    बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रुपमा बन्दाबन्दी भएको कारण समयमा उहाँले गर्भपतन हुन सकेन । एकजना स्वास्थ्यकर्मी मार्फत चावहिलमा गएर गर्भपतन त गराउनुभयो तर उहाँलाई १५ हजार रुपैया लिइयो । अन्य औषधि सहित उहाँलाई २० हजार रुपैयाभन्दा बढी खर्च लाग्यो । त्यसको केही दिन पछि रक्तश्राप भयो । फेरी बानेश्वरको एक अस्पतलमा गएर उपचार गर्नुभयो । 
    यस्तै कालीमाटीको एक नीजि क्लिनिकमा गर्भपतन गराउन अउनुभएकी दुर्गा  (नाम परिवर्तन) ले १०  हजार रुपिँया तिरेर गर्भपतन गराउनुभयो  । तीनहजारको औषधी मात्र लाग्यो । केहीदिन पछि रक्तश्राब तथा पेट दुखेर पुन उक्त क्लिनिकमा आउँदा उनको गर्भपतन भएकै रहेनछ । पछि फेरी पाँचहजार तिरेर पुनः गर्भपतन गराउनुप¥यो । अविवाहित दुर्गाको  विवाह पूर्व केटा साथीसंग असुरक्षित यौन सम्पर्क भएर गर्भ रहन गएको थियो । 
    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. किर्तिपाल सुवेदीले पहिलेको तुलनामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने संख्या बढेको बताउनुभयो । उहाँले १२ हप्तासम्मको गर्भ महिलाको इच्छामा गर्भपतन गराउन सकिने जानकारी दिनुभयो। प्रसूति गृहमा पनि विवाहपूर्व गर्भपतन गराउन आउने गरेको भन्दै उहाँले १२ हप्तासम्मको गर्भपतनलाई सरकारले मान्यता दिएको जानकारी दिनुभयो । सुरक्षित गर्भपतन कानुन आउनु पहिले अत्यधिक असुरक्षित गर्भपतन हुने गरेकोमा पछिल्लो समय सुरक्षित गर्भपतन बढेको बताउनुभयो । उहाँले सात हप्तासम्मको गर्भपतन तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रतक्ष निगरानीमा औषधि सेवन गरेर गर्न सकिने बताउनुभयो । पछिल्लो सयम औषधि पसलमा गएर आफूखुसी औषधि सेवन गर्दा भने विभिन्न कठिनायी आउने बताउनुभयो । 
    तीन लाख २३ हजरले सुरक्षीत गर्भपतन गराउँछन् 
    सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था, तालिम प्राप्त स्वास्थ्यकर्मी र औषधि बाहेक अन्य तरिकाबाट गरिएको गर्भपतन असुरक्षित रहेको छ । यही जानकारीबाट अधिकांश महिला अनभिज्ञ रहेकोले  सुरक्षित भन्दा असुक्षित गर्भपतन गराउनेको संख्या बढेको छ  । नेपालमा वर्षेनी तीनलाख २३ हजार बढी गर्भपतत मध्ये ४२ प्रतिशत महिलाले मात्र मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गराउँछन । बाँकी ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउँदै आएका छन्।  
    देशभर हाल १५ सय स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध छ । सुरक्षित गर्भपतन सेवा सञ्चालनका लागि करिब ४ हजार पाँचसय स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । मान्यता प्राप्त यी स्वास्थ्य संस्थाबाट हालसम्म १३ लाख बढीले सेवा लिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ र १९ को बीचमा विश्वमा वर्षेनी सुरक्षित र असुरक्षित गरी ७ करोड ३३ लाख गर्भपतन भएको छ । 
    यस्तै असुरक्षित गर्भपतनका कारण विकासोन्मुख देशहरुमा वर्षेनी ७ लाख महिलाहरु अस्पताल भर्ना हुने गरेका छन् ।  परिवार कल्याण महाशाखाका अनुसार नेपालमा वर्षेनी करिब एक लाख महिलाले मात्र सुरक्षित गर्भपतन गराउने गरेका छन् । पछिल्लो पाँच वर्षमा ४ लाख ६६ हजार ७ सय ८१ जनाले सुरक्षित गर्भपतन गराएका छन् । गएको चार वर्षमा करिब एक लाख महिलाले सुरक्षित गर्भपतन गराएको देखिएपनि आर्थिक वर्ष २०७६÷७७ मा यो संख्या कम छ । उक्त अवधिमा ८५ हजार ४९२ जनाले मात्र सुरक्षित रुपमा गर्भपतन गराएका छन् । 
    सुचिकृत नभएका संस्थाबाट गर्भपतन गराउने धेरै
    गाँउ–गाँउ तिर भने गर्भपतन गराउन कानुनले दिएको छ भन्ने जानकारी नहुदा असुरक्षित गर्भपतन भईरहेको छ ।सुचिकृत नगरिएका  निजी क्लिनिक तथा स्वास्थ्य सस्थामा गई गर्भपतन गराउँदा असुरक्षित गर्भपतन हुने बढी सम्भाबना रहेको छ  । सुचिकृत नभई  अवैधानिक रुपमा गर्भपतन गराउने क्लिनिक तथा स्वास्थ्य सस्थामा गर्भपतन गराउँदा बढी जोखिम हुने गर्दछ । अझै पनि गर्भपतन गराउन महिलाहरुले कयौ बाधा व्यवधान बेहोर्नु परेको छ । सरकारले कानुनी मान्यता दिएपनि सुलभ हुन नसकेको बताउँदै पौडेलले तल्लो निकायसम्म सेवा पुग्न सकेको छैन  । 
    सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले परिच्छेद ४ मा सुरक्षित गर्भपतन सम्बन्धी विभिन्न व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउँछन्। यो ऐनले २८ हप्तासम्मको गर्भ पनि गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ। यी विशेष अवस्थामा मात्र २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृति दिएको छ । १२ हप्तासम्मको गर्भपतन गरे १० हजार रुपैयाँ जरिवाना र एक वर्षको जेल सजाय हुन्छ । 
     वातारण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र ( कृपा )का सहनिर्देशक डा महेश पुरीले पछिल्लो समय सुरक्षित गर्भपतन गराउने संख्या बढेपनि औषधि पसलबाट औषधि किनेर आफै गर्भपतन गराउने समस्या जटिल बन्दै गरेको बताउनुभयो । उहाँले कानुनी व्यवस्था अनुसार सुरक्षित गर्भपतन गराउनुपर्ने बताउनुभयो । 
    जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ,  रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जिवाणु तथा अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिन्छ । यस्तै भु्रणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भूणमा खराबी रहेको, वंणाशुगत खराबी वा अन्य कुनै कारणले भूणमा अशक्तता हुने अवस्था भएमा पनि गर्भपतन गराउन सकिनेछ । 
     २५ हप्तासम्मको गर्भपतन गरे ३० हजार जरिवाना र तीन वर्षको जेल, २५ हप्ताभन्दा माथिको गर्भपतन गरे ५० हजार जरिवाना र ५ वर्षको जेल सजाय यस कानुनले तोकेको छ । गर्भमा भएको भु्रणको लिंग पहिचान गरेर गर्भपतन गराउनेलाई कानुनले सजाय तोकको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार