काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको जिम्मेवारी कटौति गरिएको छ। हालै सरुवा भएर आउनुभएकी प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईंले जनसंख्या र प्रशासन हेर्ने जिम्मा लिएर आएपछि सचिव पोखरेलको जिम्मेवारी कटौती भएको हो।
जनसंख्या हेर्नेगरी स्वास्थ्यमा सरुवा गरेकाे बताएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गुरागाइलाइ प्रशासन समेतको जिम्मेवारी दिएको छ।