• बिहीबार , ५ कात्तिक २०८३
  • images

    क्यान्सर, मिर्गौला र मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने

    क्यान्सर, मिर्गौला र मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने

    शुक्रबार, भदौ २५ २०७८
    शुक्रबार, भदौ २५ २०७८
    क्यान्सर, मिर्गौला र मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने


    काठमाडौं । सरकारले क्यान्सर,  मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ। आज प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गर्नु भएको हो ।
    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ मा पनि क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो। पछि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरिदिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार