• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मृत्युको मुखमा पगुेका बिरामीलाई डाक्टरले रक्सि खुवाएर बचाए

    मृत्युको मुखमा पगुेका बिरामीलाई डाक्टरले रक्सि खुवाएर बचाए

    आइतबार, भदौ २० २०७८
    आइतबार, भदौ २० २०७८
    मृत्युको मुखमा पगुेका बिरामीलाई डाक्टरले रक्सि खुवाएर बचाए


    अहिलेसम्म सुन्दै आएका छौ, अल्कोहल पिउनु स्वाथ्यको लागि हानिकारक हो । अल्कोहल पिउदाँ शरीरमा लीवरसहित धेरै प्रकारका रोग लाग्छन् । तर, भियतनाममा भने एउटा डाक्टरहरुको टिमले बिरामीलाई अल्कोहल पिलाएर ज्यान बचाएका छन् । मर्न लागेको बिरामीलाई डाक्टरहरुले बियर पिलाएका हुन् । एकजना बिरामीलाई बचाउन डाक्टरहरुले १५ क्यान बियर पिलाएका हुन् ।
    वास्तवमा गुयेन वैट हाट नामका ४८ वर्षीय व्यक्ति अल्कोहल प्वाइजनिंगको बिरामी थिए । उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरुले गर्ने सबै उपचारको विधि प्रयोग गरीसकेपछि पनि उनको होस् नआएपछि अल्कोहल पिलाएका हुन् । डाक्टरहरुले उनलाई बचाउन सफल भएपछि बियरले मानिसको ज्यान बचाउने पनि प्रमाणित भएको छ ।
    बियरमा इथेनाल पाइन्छ । इथेनालले मेथेनाललाई कम गर्छ । बीयरबाट लिवरपनि सफा हुन्छ र यसबाट इन्फेक्सन पनि कम हुन्छ । एक–एक घन्टाको बिचमा बीयरको क्यान पम्प गर्दै गुयेन वैट हाटको उपचार सम्भव भएको हो । १५ क्यान बीयर पम्प गरेपछि उनको होस आएको हो ।
    उनको उपचारमा सम्लग्न चिकित्सकको अनुसार बिरामीको रगतमा मेथनाल मिथाइल अल्कोहलको स्तर निर्धारित सीमाबाट १.११९ गुना धेरै थियो । यसले फार्मिक एसिड उत्पादन गर्न गर्छ र रोगीलाई चक्कर लाग्छ । आश्चार्य लाग्दो यस्तो विधिबाट डाक्टरहरुले गोयनको ज्यान बचाएका छन् । युयेन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
    एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    थप समाचार