• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोनाको डेल्टा भेरियन्ट फेला

    कोरोनाको डेल्टा भेरियन्ट फेला

    शुक्रबार, भदौ २५ २०७८
    शुक्रबार, भदौ २५ २०७८
    कोरोनाको डेल्टा भेरियन्ट फेला

    काठमाडौँ । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिनुभयो ।
    उहाँले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताउनुभयो । उहाँले सङ्क्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
    यी भेरियन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टि गरेको बताउनुभयो । उहाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट भेटिएको उल्लेख गर्नुभयो ।

    एक हजार २७१ सङ्क्रमित थप
    नेपालमा हाल २६ हजार ८८६ जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसन वा अस्पतालमा उपचार गराउनेको सङ्ख्या एक हजार ७९२ रहेको छ । यस्तै २६१ जना क्वारेन्टाइननमा रहेका छन् । मन्त्रालयका अनुसार गत चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९०३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप एक हजार ८४५ जना निको भएका छन् । 
    गोरखापत्र दैनिक बाट

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार