• बिहीबार , ५ कात्तिक २०८३
  • images

    आँखारोग विशेषज्ञ डा. जुनु श्रेष्ठ  भिजन २०२० आइएपीबीको नीति तथा योजना व्यवस्थापकमा  नियुक्त

    आँखारोग विशेषज्ञ डा. जुनु श्रेष्ठ  भिजन २०२० आइएपीबीको नीति तथा योजना व्यवस्थापकमा  नियुक्त

    हेल्दीखबर
    मंगलबार, भदौ २२ २०७८
    हेल्दीखबर
    मंगलबार, भदौ २२ २०७८
    आँखारोग विशेषज्ञ डा. जुनु श्रेष्ठ  भिजन २०२० आइएपीबीको नीति तथा योजना व्यवस्थापकमा  नियुक्त

     काठमाडौं । भिजन २०२० आइएपीबीको नीति तथा योजना ब्यबस्थापकमा आँखा रोग  विशेषज्ञ डा. जुनु श्रेष्ठ नियुक्त हुनुभएको छ । इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस(आइएपीबी)मा पहिलो पटक नेपाली आँखा रोग विशेषज्ञ डा. श्रेष्ठ नियुक्त हुनुभएको हो ।

    भिजन २०२० को मुख्यालयको नीतिगत तहमा पुग्ने उहाँ पहिलो नेपाली दृष्टिरोग विशेषज्ञ हुनुहुन्छ । उहाँ नेपाल दृष्टि विशेषज्ञ संघका कोषाध्यक्षसमेत हुनुहुन्छ । उहाँले लण्डनको हाइजिन तथा ट्रपिकल मेडिसिन र इकोनोमिक तथा राजनीतिक विज्ञान स्कुलमा अध्ययन गर्नुभएको छ ।आइएपीबी विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य हेर्ने विभाग हो । 
    डा. श्रेष्ठले  सन् २०११ देखि  गरिबी निवारणका लागि स्वास्थ्य तथा शिक्षा कार्यक्रममा भोलियन्टर भएर काम गर्नुभएको थियो । त्यसताका उहाँले एक सयभन्दा बढी आँखा शिविरहरुमा सहभागी भई आँखा स्वास्थ्यका बारेमा ग्रामीण क्षेत्रमा  जनचेतना फैलाउँनुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार