• बुधबार, ४ कात्तिक २०८३
  • images

    अफगानिस्तानबाट उद्धार गरेर ल्याइएको नेपालीलाई पोलियो खोप दिने सरकारको निर्णय

    अफगानिस्तानबाट उद्धार गरेर ल्याइएको नेपालीलाई पोलियो खोप दिने सरकारको निर्णय

    हेल्दीखबर
    सोमबार, भदौ ७ २०७८
    हेल्दीखबर
    सोमबार, भदौ ७ २०७८
    अफगानिस्तानबाट उद्धार गरेर ल्याइएको नेपालीलाई पोलियो खोप दिने सरकारको निर्णय


    काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिनुभयो ।
    स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसका आधारमा अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने निर्णय गरेको हो। भारतले पनि अफगानिस्तानबाट फर्किएका आफ्ना नागरिकलाई पोलियो खोप दिन सुरु गरेको छ। नेपाल पोलियोमुक्त देश हो। सामान्यतया पोलियो खोप बालबालिकालाई दिइन्छ। तर पोलियो संक्रमण फैलिएका देशबाट आएका जुनसुकै उमेरका नागरिकलाई पनि पोलियो खोप दिइन्छ।
    पोलियो सङ्क्रमित धेरैजसो मानिसहरूमा कुनै लक्षण देखिँदैन, र समस्या विना नै धेरै निको हुन्छन्। तर कहिलेकही पोलियो लागेका मानिसहरूलाई पक्षाघात हुनसक्छ (हात वा खुट्टा चलाउन सक्दैनन्)। पोलियोको कारण दीर्घकालीन अपाङ्गता हुनसक्छ। पोलियोको कारण मृत्यु पनि हुनसक्छ, जुन सामान्यतया सास फेर्न प्रयोग हुने मांसपेशीमा पक्षाघात भएर हुन्छ। खोपले मानिसहरूलाई पोलियो बाट बचाउन सक्छ।
    अफगानिस्तानमा पोलियो संक्रमण फैलिरहेको अवस्था छ। यही कारण सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने निर्णय गरेको हो। अफगानिस्तानबाट ५ सय भन्दा बढी नेपाली फर्किसकेका छन्। पोलियो भाइरसद्वारा लाग्ने रोग हो। यो मुख्य रूपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्वारा फैलिन्छ। सङ्क्रमित व्यक्तिको दिशा–पिसाब विभिन्न माध्यमबाट खाना वा पेय पदार्थमा पुग्ने र त्यसको सेवनबाट यो फैलिन्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार