• बुधबार, ४ कात्तिक २०८३
  • images

    यसरी बनाउनुहोस् तान्त्रिक यौन सम्बन्ध

    यसरी बनाउनुहोस् तान्त्रिक यौन सम्बन्ध

    हेल्दीखबर
    शनिबार, माघ १७ २०७७
    हेल्दीखबर
    शनिबार, माघ १७ २०७७
    यसरी बनाउनुहोस् तान्त्रिक यौन सम्बन्ध

    तान्त्रिक यौनले व्यक्तिगत सम्बन्धलाई बलियो बनाउनका लागि एकअर्कालाई गहिराईसम्म बुझ्नु र आनन्ददायक अन्तरंग सम्बन्ध बनाउने कुरामा जोड दिन्छ ।

    तान्त्रितक यौनका लागि छोटो समयले पुग्दैन । यो क्षणिक प्रेमको लागि पनि होइन । ‘यस माध्यामबाट तपाईंभित्र पार्टनरप्रति अगाध श्रद्धा जाग्नुपर्छ’ भनिएको छ तान्त्रिक सेक्स मेड सिम्पलमा । यसको अर्थ हो भने जब तपाईं आफ्नो पार्टनरसँग यौन सम्बन्ध बनाइरहनुभएको छ, तब तपाईंको मस्तिष्क अन्यत्र भड्किनु हुँदैन । तपाईंको मन-मस्तिष्कमा आफ्नो पार्टनर नै रहनुपर्छ ।

    images

    तान्त्रिक यौन सम्बन्ध बनाउन यसो गर्नुहोस्

    -यसका लागि एक खुला, शान्त र एकान्त कोठा आवश्यक छ ।

    -कोठा अँध्यारो हुनुपर्छ र त्यसमा मैनबत्ती बालिएको हुनुपर्छ । मैन बत्तीको धिमा प्रकाश चाहिन्छ ।

    -ओछ्यानस सहज र फराकिलो हुनुपर्छ । दुबै आरमदायक सिरानीको बीच एककअर्काको नजिक बस्नुपर्छ ।

    -एकअर्काको आँखामा गहिरिएर हेर्नुपर्छ, जस्तो तपाईं उनलाई बताउन चाहनुहुन्छ कि तपाईं एक इमान्दार र समर्पित पार्टनर हो ।

    -एकअर्काले तालमेल मिलाएर समान गतिमा सास लिनुपर्छ ।

    -आफ्नो हात उनको शरीरभन्दा दुई इन्चको दुरीमा राख्नुपर्छ र उनको शरीरबाट निस्किएको उर्जा अनुभव गर्नुपर्छ । यस उर्जा दुबैले क्रमस अनुभव गर्दै जानुपर्छ ।

    -दुबैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधीबाट यौन क्रियामा संलग्न हुनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार