• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लम्साल, निर्देशकमा डा. रसाइली नियुक्त

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लम्साल, निर्देशकमा डा. रसाइली नियुक्त

    बिहीबार , भदौ १८ २०८३
    बिहीबार , भदौ १८ २०८३
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लम्साल, निर्देशकमा डा. रसाइली नियुक्त

    काठमाडौँ, १८ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर, रजिस्ट्रार, डिन र निर्देशक नियुक्त भएका छन्।

    प्रतिष्ठानको रेक्टरमा डा. रामनारायण मण्डल, रजिस्ट्रारमा श्याम लम्साल, डिनमा डा. कृष्णकुमार झा र निर्देशकमा डा. सुरेश विके रसाइली नियुक्त हुनुभएको हो।

    images

    नवनियुक्त पदाधिकारीहरूले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

    पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी सम्हाल्नुभएको छ।

    प्रतिष्ठानमा महत्वपूर्ण चार पदमा नयाँ पदाधिकारी नियुक्त भएसँगै यसको शैक्षिक, प्रशासनिक तथा अस्पताल सेवामा थप प्रभावकारिता आउने विश्वास गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार