• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको अध्यक्षमा प्रमिला श्रेष्ठ

    इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको अध्यक्षमा प्रमिला श्रेष्ठ

    शनिबार, साउन ३० २०८३
    शनिबार, साउन ३० २०८३
    इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको अध्यक्षमा प्रमिला श्रेष्ठ

    काठमाडौँ, ३० साउन । संक्रमण रोकथाम तथा नियन्त्रणको क्षेत्रमा कार्यरत इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ नेतृत्व चयन भएको छ। संस्थाको अध्यक्षमा प्रमिला श्रेष्ठ निर्वाचित हुनुभएको छ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा रुक्मणी खड्का बस्नेत, महासचिवमा रोशनी राना, कोषाध्यक्षमा इक्षा थापा मगर, सहसचिवमा रोशनी थापा र सहकोषाध्यक्षमा सबिना डंगोल चयन हुनुभएको छ।

    images

    त्यसैगरी कार्यसमिति सदस्यमा लक्ष्मी डंगोल, शोभा न्यौपाने, अल्का महर्जन, जेनी श्रेष्ठ र सुष्मा बीसी चयन हुनुभएको छ।

    नवनिर्वाचित कार्यसमितिले स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका अभ्यासलाई थप प्रभावकारी बनाउने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने तथा संक्रमणजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी विभिन्न तालिम, प्रमाणिकरण कार्यक्रम तथा स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता विकासका गतिविधि सञ्चालन गर्दै आएको छ।

    स्वास्थ्य संस्थामा उपचारका क्रममा हुन सक्ने संक्रमणको जोखिम कम गर्न संक्रमण रोकथाम तथा नियन्त्रणका प्रभावकारी अभ्यास महत्वपूर्ण मानिन्छन्। विशेषगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, बिरामी तथा सेवाग्राहीलाई संक्रमणबाट सुरक्षित राख्न हातको स्वच्छता, व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रयोग, फोहोर व्यवस्थापन तथा संक्रमण निगरानीलगायत विषयमा निरन्तर क्षमता अभिवृद्धि आवश्यक हुन्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार