• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीद्वारा राजीनामा

    निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीद्वारा राजीनामा

    बुधबार, जेठ १३ २०८३
    बुधबार, जेठ १३ २०८३
    निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीद्वारा राजीनामा

    काठमाडौं, १३ जेठ । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिनुभएको छ ।

    उहाँले मंगलबार औपचारिक रूपमा आफ्नो राजीनामा बुझाउनुभएको हो ।

    images

    प्राडा रेग्मी गत २८ फागुन २०८१ मा चार वर्षे कार्यकालका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । तर पछिल्लो राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै उहाँले कार्यकाल बाँकी रहँदै पद त्याग गर्ने निर्णय गर्नुभएको हो ।

    उहाँको राजीनामापछि अस्पतालको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी डा. रविप्रकाश शर्मालाई दिइएको छ । अस्पताल प्रशासनले उहाँलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

    निजामती कर्मचारी अस्पताल देशका सरकारी स्वास्थ्य संस्थामध्ये महत्वपूर्ण अस्पतालका रूपमा परिचित छ । अस्पतालमा नेतृत्व परिवर्तनसँगै आगामी व्यवस्थापन र सेवा प्रवाहबारे पनि चासो बढेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार