• शनिबार, ७ कात्तिक २०८३
  • images

    क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आठ जनाको आवेदन

    क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आठ जनाको आवेदन

    मंगलबार, वैशाख २२ २०८३
    मंगलबार, वैशाख २२ २०८३
    क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आठ जनाको आवेदन

    काठमाडौं, २२ वैशाख। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको अध्यक्ष पदका लागि आठ जनाले आवेदन दिएका छन्।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आह्वान गरेसँगै तोकिएको समयसीमा भित्र उक्त आवेदनहरू प्राप्त भएका हुन्।
    मन्त्रालयका अनुसार आवेदन दिनेहरूमा डा. विश्वराम पौडेल, डा. विजयचन्द्र आचार्य, डा. लक्ष्मीनारायण सिंह, विकास आचार्य, डा. अजयकुमार झा, प्रा.डा. योगेन्द्रप्रसाद सिंह, डा. भावना वाग्ले र डा. जय श्रेष्ठ हुनुहुन्छ ।

    images

    मन्त्रालयले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। 

    सोही सूचनाअनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी आगामी दिनमा छनोट प्रक्रिया अघि बढाइने मन्त्रालय स्रोतले जनाएको छ।

    यसअघि मन्त्रिपरिषद्को सिफारिसमा प्रत्यक्ष रूपमा अध्यक्ष नियुक्त गर्ने अभ्यास रहेको भए पनि यसपटक भने पारदर्शिता र प्रतिस्पर्धात्मक प्रणालीलाई प्राथमिकता दिँदै खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागिएको हो।

    अस्पताल ऐन २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव अनिवार्य हुने प्रावधान छ।
    उक्त पदको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ। यसअघि सो पदमा डा. विजयराज न्यौपाने कार्यरत हुनुहुन्थ्यो । उहाँको कार्यकाल सम्पन्न भएसँगै नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढेको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार