• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मनमोहन कार्डियोथोरासिक सेन्टरले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

    मनमोहन कार्डियोथोरासिक सेन्टरले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

    अन्तर्वार्ता वैशाख ७ र ८ गते हुने

    बिहीबार , वैशाख ३ २०८३
    बिहीबार , वैशाख ३ २०८३
    मनमोहन कार्डियोथोरासिक सेन्टरले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ, ३ वैशाख । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विभिन्न पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    सेन्टरले क्लिनिकल रजिस्ट्रार (रेडियोलोजी) र हाउस अफिसर पदका लागि लिइएको लिखित परीक्षामा सफल उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै उनीहरूलाई अन्तर्वार्ताका लागि बोलाएको छ।

    images

    सूचना अनुसार क्लिनिकल रजिस्ट्रार (रेडियोलोजी) तर्फ तीन जना उम्मेदवार लिखित परीक्षामा उत्तीर्ण भएका छन्।

     

    लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूको अन्तर्वार्ता तोकिएको मिति र समयमा सेन्टरमै सञ्चालन हुने जनाइएको छ। क्लिनिकल रजिस्ट्रार पदका लागि अन्तर्वार्ता वैशाख ७ गते बिहान ९:३० बजेबाट सुरु हुनेछ भने हाउस अफिसर पदका उम्मेदवारहरूको अन्तर्वार्ता बैशाख ७ र ८ गते सञ्चालन हुनेछ।

    सेन्टरले अन्तर्वार्तामा सहभागी हुन आउँदा उम्मेदवारहरूले आवश्यक कागजातहरू, प्रमाणपत्र तथा प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ।


    हेरौं नाम लिखित परिक्षामा नाम निकाल्नेहरुको नामावली: 

    1776350760341.jpg
    1776350762591.jpg
    1776350766105.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार